ग्रे–लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता अपरिहार्य: अर्थमन्त्री पौडेल

प्रकाशित मिति :

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई Financial Action Task Force (FATF) को ग्रेलिस्टबाट मुक्त गर्न सुनको कारोबारमा पारदर्शिता आवश्यक रहेको स्पष्ट पार्नुभएको छ। यसै सन्दर्भमा सरकारले विलासिता करको दायरा संशोधन गरेको उहाँको भनाइ छ।

बुधबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत उठेका प्रश्नहरूको उत्तर दिँदै मन्त्री पौडेलले, “सुनको १० लाखभन्दा माथिको कारोबारमा पहिले नै लाग्दै आएको विलासिता करको सीमा हटाइएको हो, नयाँ कर प्रस्ताव गरिएको होइन,” भन्नुभयो।

वर्गको जोखिमबाटसाफबन्न सुन कारोबारमागहिरो नियमन

अर्थमन्त्री पौडेलका अनुसार नेपाललाई FATF को निगरानी सूची (ग्रेलिस्ट) बाट हटाउन सुन कारोबार र वित्तीय प्रणाली पारदर्शी बनाउन आवश्यक छ। सुन व्यवसायमा भएका अनियमितता, कालो धनको चलन र अवैध कारोबारमाथि नियन्त्रणका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको उहाँले औँल्याउनुभयो।

साथै, अर्थतन्त्रको समग्र अवस्थालाई ध्यानमा राखेर बजेट तयार गरिएको उल्लेख गर्दै उहाँले नेपालको राजश्व आय, अन्तर्राष्ट्रिय सहयोग र सीमित ऋणमार्फत सन्तुलित बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

बजेट घाटा हुनु सामान्य हो,” मन्त्री पौडेलले भन्नुभयो, “तर हामी दिगो ऋण व्यवस्थापनप्रति सजग छौं। ऋणको सिमा असिमित हुनुहुँदैन। देशले धान्न सक्ने मात्रामा ऋण उठाउनु आवश्यक छ।

बजेट लोकतान्त्रिक प्रक्रिया अनुसार आएको बताउँदै उहाँले यसले देशको समावेशी र दिगो विकासमा टेवा पुर्‍याउने विश्वास पनि व्यक्त गर्नुभयो।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

सेयर बजारमा १० महिनाको रेकर्ड कारोबार: ‘अन्य समूह’ अगाडि, सूचक २८७० माथि

नेपाली सेयर बजारले पछिल्ला १० महिनामध्ये सबैभन्दा उच्च कारोबार...