स्वास्थ्यमा सुधार, कमेडियन मेक्सम गौडेलले काममा चाँडै फर्किने घोषणा

प्रकाशित मिति :

लोकप्रिय कमेडियन मेक्सम गौडेलको स्वास्थ्यमा सुधार आएको छ। केही महिनादेखि प्याङ्क्रियाजसम्बन्धी समस्याले पीडित गौडेलले फेसबुकमार्फत जानकारी दिँदै आफ्नो स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएको र आफू चाँडै नै दर्शकमाझ फर्किन लागिएको बताएका छन्।

गौडेलले सामाजिक सञ्जालमार्फत स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गर्दै भनेका छन्, “आवश्यक उपचार र केही समयको आरामपछि म हजुरहरूले माया गर्नुभएको काममा फर्किँदैछु।”

तीन महिनाअघि पेट दुखाइपछि गौडेल बानेश्वरस्थित सिभिल अस्पतालमा दुई साता भर्ना भएका थिए। स्वास्थ्यमा सुधार नआएपछि उनलाई दिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो, जहाँ उपचारपछि अब उनको अवस्था सामान्य बन्दै गएको हो।

गौडेल ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को चार एपिसोड पूरा गरेपछि बिरामी परेका थिए। उनी ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका थिए र त्यसपछि ‘छक्कापञ्जा ५’ तथा ‘फेरि रेशम फिलिली’ जस्ता सफल फिल्महरूमा समेत अभिनय गरिसकेका छन्।

उनको स्वास्थ्य सुधारको खबरले कमेडी प्रेमी दर्शक, सहकर्मी कलाकार र फ्यानहरूमा खुसी छाएको छ। गौडेलको पुनरागमनले नेपाली मनोरञ्जन क्षेत्रमा फेरि ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

आजको राशिफल – साउन १ गते, बिहीबार

ई.सं. २०२५ जुलाई १७ | नेपाल सम्बत ११४५ दिल्लागा...

२१२औं भानु जयन्तीमा शान्ति साहित्यक सभा तथा कविता वाचन, एक लाख एक रुपैयाँ राशीको पुरस्कार घोषणा

काठमाडौंको पीस एम्बेसी, नक्सालमा आयोजित विशेष समारोहमा आदिकवि भानुभक्त...

आजको राशिफल | सोमवार, असार ३०, २०८२

नेपाल संवत ११४५ दिल्लागा चतुर्थी | आयुष्मान योग |...

रामकुमारी झाँक्री प्रधानमन्त्री बन्नुपर्छ– गायिका ज्योति मगरको खुलासा

चर्चित लोकगायिका ज्योति मगरले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी...

आजको दिन कस्तो रहने? राशिअनुसार यस्तो छ भविष्यफल

दिनको ऊर्जा बुझौं, कर्म र भाग्यलाई सन्तुलनमा राखौं! मिति:...

आजको राशिफलः २०८२ असार २८ गते, शनिवार

आजको विशेष ज्योतिषीय सन्देश आजको दिन शुभ कार्य, यात्राको प्रारम्भ...

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर...