नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र वर्षा जन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तत्काल विपत् व्यवस्थापन कार्यान्वयन गर्न पार्टी मातहतका समिति तथा मोर्चाहरूलाई परिपत्रमार्फत निर्देशन दिएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा महासचिव देव गुरुङले बिहीबार परिपत्र जारी गर्दै विपत् व्यवस्थापन विभाग गठन, स्वयम्सेवक परिचालन संयन्त्र निर्माण र टोली गठन कार्यमा अविलम्ब लाग्न आग्रह गर्नुभएको हो।
परिपत्रमा उल्लेख भए अनुसार:
- प्रदेश, जिल्ला र पालिका तहमा विपत् व्यवस्थापन विभाग गठन गरिने
- केन्द्रदेखि जिल्लास्तरसम्म स्वयम्सेवक परिचालन संयन्त्र निर्माण गरिने
- पार्टी समिति, वाइसिएल र अन्य मोर्चाहरूबाट स्वयम्सेवक टोली निर्माण गरिने
यस अभियानमार्फत पार्टीले विपद्बाट जनधनको सुरक्षा, समुदाय स्तरमा राहत तथा उद्धार कार्यमा सजिलो समन्वय, र स्थानीय प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।
साथै, प्राकृतिक विपद् बढिरहेको सन्दर्भमा राजनीतिक दलहरूबाट जनसहभागिता, जिम्मेवारी र तत्परता आवश्यक रहेको सन्देशसमेत यस परिपत्रले दिएको छ।