खेलकुदमन्त्री तेजुलालको गुनासो : ‘घुमघामको भागबन्डामा खेलकुद मन्त्रालयलाई किन बेवास्ता ?’

प्रकाशित मिति :

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो मन्त्रालयलाई विदेश भ्रमणका कार्यक्रममा सहभागी नगराइएको भन्दै पार्टीको केन्द्रीय समिति बैठकमा खुलेर गुनासो गरेका छन्। मन्त्रालयगत गतिविधि प्रस्तुत गर्ने क्रममा उनले अन्य मन्त्रालयहरूलाई विदेश भ्रमणमा समावेश गरिए पनि खेलकुद मन्त्रालयलाई बेवास्ता गरिएको आरोप लगाए।

उनले सरकारसँग खेलाडी र युवा लक्षित कार्यक्रम प्रशस्तै भए पनि उक्त क्षेत्रलाई संगठित रूपमा अगाडि बढाउने रणनीति नदेखिएको टिप्पणी गरे।

बैठकमा मन्त्री चौधरीले स्पष्ट रूपमा सोधे, “सरकारसँग खेलाडी, युवा लक्षित कार्यक्रम छन्। विदेश घुम्ने कार्यक्रम पनि छन्। तर, सबै ठाउँमा भागबन्डा हुने खेलकुद मन्त्रालयमा किन भएन?” उनले विदेश भ्रमणजस्ता अवसरमा समानताको सवाल उठाउँदै असन्तुष्टि जनाएका हुन्।

उनले राष्ट्रिय खेलकुद परिषद्, युवा परिषद् र नेपाल स्काउटजस्ता निकायमा माओवादी नेतृत्व हुँदा समेत मन्त्रालयबाट समन्वयमा कठिनाइ भएको गुनासो गरे। सदस्यसचिवहरूले एकलौटी रूपमा कार्यसमिति बनाउँदै कार्यसम्पादन गर्दा मन्त्रीको हैसियत कमजोर बनिरहेको तर्क उनले अघि सारे।

यसले मन्त्रीको भूमिकामाथि प्रश्न उठेको र कार्यकारी हैसियतमा रहेका निकायहरूमा स्पष्ट कार्यविभाजन र समन्वयको आवश्यकता देखिएको विश्लेषकहरू बताउँछन्।

खेलकुद मन्त्रालयले विगत केही महिनामा स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्मका कार्यक्रममार्फत युवालाई लक्षित गर्ने प्रयास गरे पनि संगठनात्मक प्रभावकारिता र राजनीतिक समन्वयमा चुनौती आइरहेको मन्त्री चौधरीको भनाइ छ।

उनले युवा परिचालन कमजोर रहनुमा पार्टीभित्र स्पष्ट निर्देशना र सहभागिताको कमी प्रमुख कारक रहेको उल्लेख गरे। अबको चरणमा मन्त्रालयलाई पर्याप्त अवसर र प्रतिनिधित्व नदिइए शारीरिक, मानसिक र राष्ट्रिय गौरवसँग सम्बन्धित खेल क्षेत्र थप उपेक्षित हुने सम्भावना रहेको संकेत पनि दिए।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

सेयर बजारमा १० महिनाको रेकर्ड कारोबार: ‘अन्य समूह’ अगाडि, सूचक २८७० माथि

नेपाली सेयर बजारले पछिल्ला १० महिनामध्ये सबैभन्दा उच्च कारोबार...

अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’: नेपाल संस्कृत विश्वविद्यालयको ७८औँ बैठकबाट घोषणा

नेपाल संस्कृत विश्वविद्यालयको ७८औँ बैठकले आगामी आर्थिक वर्ष २०८१/८२...