विद्यार्थीलाई गगन थापाको सन्देश : “नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्”

प्रकाशित मिति :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशप्रति सकारात्मक दृष्टिकोण राख्न र जिम्मेवारी लिन विद्यार्थीहरूलाई आह्वान गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा राम्रो हुन सक्ने सम्भावनालाई आत्मसात् गर्दै आलोचनात्मक सोच र सक्रिय सहभागिताको महत्त्वमा जोड दिए।

थापाले देशमा न राम्रै भएको छ न त पूरै झुर भएको भन्दै दुवै प्रकारका अतिवादी सोचलाई अस्वीकार गर्न आग्रह गरे। “कोही भन्छन् देश बर्बाद भयो, कोही भन्छन् खतरा भयो – दुबै कुरा नपत्याउनुस्,” उनले भने, “देशमा केही राम्रो भएको छ, केही गरिन बाँकी छ। राम्रो भएकोमा धन्यवाद, नभएकोमा गुनासो गर्नुस्। बाँकी म गर्छु भनेर अगाडि आउनुस्।”

गगन थापाले विद्यार्थीहरूलाई थकाइ, भागबन्डा र समझौताबाट टाढा रहन आग्रह गरे। “नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्। अडिएर बस्नुस्। नयाँ कुरा सिक्नुस्। क्रिटिकल हुनुस्, रमाइलो गर्न पनि नछोड्नुस्,” उनले भने।

उनको भनाइ अनुसार, देश निर्माणमा युवाको भूमिका निर्णायक हुन्छ र अबको पुस्ताले आफुभन्दा बढी योगदान दिन सक्नेमा उनले विश्वास व्यक्त गरे। “अब आउने पुस्ताले मभन्दा राम्रो काम गर्छ भन्नेमा म ढुक्क छु,” उनले स्पष्ट पारे।

थापाको यो सन्देशले नेपालको वर्तमान राजनीतिक, सामाजिक तथा शैक्षिक परिवेशमा युवाले लिने दृष्टिकोण र भूमिका कस्तो हुनुपर्छ भन्नेबारे नयाँ बहस जन्माएको छ। उनले केवल भाषणमा सीमित नहुन आग्रह गर्दै व्यवहारिक जिम्मेवारी वहन गर्न विद्यार्थीलाई उत्प्रेरित गरेका छन्।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

अडियो प्रकरणमा मन्त्री गुप्ताको बचाउमा पूर्वमन्त्री बस्नेत, नक्कली भन्दै निष्पक्ष छानबिनको माग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस...