गीत–सङ्गीतले राजनीतिक परिवर्तनमा भूमिका खेलेको छ : मन्त्री पन्त

प्रकाशित मिति :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत–सङ्गीतले सामाजिक तथा राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। साहित्यकार गोपालप्रसाद रिमालको १०८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले गीतमार्फत जनचेतना र आन्दोलनमा उत्साह सिर्जना भएको स्मरण गरे।

रामहिटीमा साहित्य सदन नेपालद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले भने, “हामीले गीत सुन्दै–गाउँदै प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनमा भाग लिएका थियौं। गीतले जनताको मनोबल र चेतनामा गहिरो प्रभाव पार्छ।”

मन्त्री पन्तले दक्षिण एशियाली कम्युनिस्ट आन्दोलनदेखि नेपालका सशस्त्र संघर्षसम्म गीतको भूमिका रहेको उल्लेख गरे। विशेषतः माओवादी सशस्त्र द्वन्द्वका क्रममा सांस्कृतिक अभियान र गीत–सङ्गीतले ठूलो संख्यामा जनतालाई प्रभावित पारेको उनले बताए।

उनले गीत–सङ्गीतको दैनिक जीवनमा प्रभावबारे गहन अध्ययन आवश्यक रहेको बताउँदै शिक्षा प्रणालीमा समेत सांगीतिक चेतना समावेश गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रतिनिधिसभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौंको उत्तरपूर्वी भेगलाई साहित्यिक सम्पदाको क्षेत्र मानेर संरक्षण आवश्यक भएको बताए। आफू गोकर्णेश्वर नगरपालिकाको प्रमुख रहँदा साहित्य, धर्म र संस्कृतिको विकासमा ध्यान दिएको उनले स्मरण गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती तथा आयोजक संस्थाका अध्यक्ष हेमनाथ पौडेललगायत वक्ताहरूले नेपाली साहित्य र गीत–सङ्गीतमा गोपालप्रसाद रिमालको योगदान अतुलनीय रहेको बताए।

गोपालप्रसाद रिमाल पुरस्कार मेघराज शर्मा ‘मञ्जुल’लाई

साहित्यिक योगदानको उच्च सम्मानस्वरूप यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार प्रख्यात गीतकार तथा सर्जक मेघराज शर्मा नेपाल ‘मञ्जुल’लाई प्रदान गरिएको छ। ‘मञ्जुल’ नेपाली गीतसाहित्यका सम्मानित स्तम्भका रूपमा चिनिन्छन्, जसले समाज रूपान्तरणमा सांगीतिक चेतनाको प्रभावशाली उदाहरण प्रस्तुत गरेका छन्।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

सेयर बजारमा १० महिनाको रेकर्ड कारोबार: ‘अन्य समूह’ अगाडि, सूचक २८७० माथि

नेपाली सेयर बजारले पछिल्ला १० महिनामध्ये सबैभन्दा उच्च कारोबार...