२०८४ को निर्वाचनका लागि कांग्रेस तयार छैन : नेता साउदको चेतावनी

प्रकाशित मिति :

नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीले आगामी २०८४ सालको निर्वाचनका लागि कुनै तयारी नगरेको गम्भीर आरोप लगाएका छन्। आइतबार ललितपुरको सानेपामा जारी पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले पार्टीको संगठनात्मक स्थिति र रणनीतिक दिशा दुवैमा गम्भीर कमजोरी रहेको औंल्याएका हुन्।

नेता साउदले भने, “हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर कांग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैरकांग्रेस मतहरूसँग दूरी बढ्दो छ, जुन मत घट्ने संकेत हो।

साउदले पार्टीभित्र अनुशासन, गुटबन्दी र असमान व्यवहारप्रति असन्तोष व्यक्त गर्दै एकपक्षीय कारबाहीको अभ्यासले कार्यकर्ताहरूमा निराशा बढाएको बताए। उनले अनुशासन सबैमा समान रूपमा लागु हुनुपर्नेमा जोड दिए।

संगठन बलियो नबनेसम्म नेताहरूको घुमाइ मात्र पर्याप्त छैन,” साउदले भने, “गुटबन्दी अन्त्य गरेर पार्टीलाई समयानुकूल अद्यावधिक गर्न नेतृत्वले तुरुन्तै कदम चाल्नुपर्छ।

स्थानीय तहसम्मको कमजोरी

साउदले आफूले केन्द्रीय कार्यसमितिबाट प्रतिनिधित्व गरेको सर्लाही जिल्लामा पार्टीको कुनै पनि औपचारिक बैठक नबसेकोप्रति दुःख व्यक्त गरे।१४ औं महाधिवेशनपछि आजसम्म बैठकसमेत नभएको अवस्था छ। अधिवेशन अधुरो छ। यो संगठनको कमजोरीको संकेत हो,” उनले भने।

संविधान र ओली नेतृत्वको आलोचना

साउदले दुईतिहाइको बहुमत पाएको केपी शर्मा ओली नेतृत्वको सरकार संविधान संशोधनसम्बन्धी सात बुँदे सहमति कार्यान्वयनमा असफल भएको आरोप पनि लगाए। उनले अहिले राजनीतिक दलहरू र संविधानमाथि आक्रमण भइरहेका बेला कांग्रेसले मौन बस्न नहुने धारणा व्यक्त गरे।

यो केवल दलमाथिको आक्रमण होइन, संविधानमाथिको नै प्रहार हो। कांग्रेसले अब स्पष्ट आवाज उठाउन जरुरी छ,” उनले भने।

नेता साउदको टिप्पणीले कांग्रेसभित्रको आन्तरिक असन्तुलन, रणनीतिक कमजोरी र नेतृत्वगत चुनौतीको वास्तविकता उजागर गरेको छ। २०८४ को निर्वाचन नजिकिँदै गर्दा संगठनात्मक सुधार, अनुशासनको समान कार्यान्वयन र गुटबन्दी अन्त्य कांग्रेसका लागि अनिवार्य एजेन्डा बन्नु पर्ने स्पष्ट सन्देश साउदको अभिव्यक्तिमा देखिन्छ।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

सेयर बजारमा १० महिनाको रेकर्ड कारोबार: ‘अन्य समूह’ अगाडि, सूचक २८७० माथि

नेपाली सेयर बजारले पछिल्ला १० महिनामध्ये सबैभन्दा उच्च कारोबार...