पार्टीमा निषेधको संस्कृति अस्वीकार्य : गोकुल बाँस्कोटा

प्रकाशित मिति :

नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टीभित्रको मतान्तर र भोगाइलाई स्मरण गर्दै निषेधको संस्कृति अस्वीकार्य रहेको धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वलाई संकेत गर्दै भनेका छन्, “पार्टीमा निषेधको निषेध लागू हुनै सक्दैन।”

फेसबुक पोस्टमार्फत बाँस्कोटाले ०३९ देखि ०७८ सालसम्मको राजनीतिक यात्रा उल्लेख गर्दै पार्टीका भिन्न चरणहरूमा आफूले भोगेका अनुभवबारे संकेत गरेका छन्।

उनले लेखेका छन् –

“०३९–४५, ०४७–४९, ०५२–०५४, ०५८–५९, ०६५, ०७१ र ०७७–७८ मध्ये एउटा नजिकबाट हेरियो, सुनियो। अरुमा संलग्न भयौं, भोगियो। को कस्ता थिए, कता थिए र छन् – त्यो पनि थाहा छ।”

बाँस्कोटाले आफ्ना भनाइ पूर्णरूपमा नखोली “केही बाँकी राखेर बोल” भन्ने शैलीमा सन्देश दिनु पार्टीभित्रको असहमति र गुटगत चेतावनीको सङ्केतका रूपमा हेरिएको छ।

गुटबन्दी र नेतृत्वप्रतिको असन्तुष्टि ?

हालै एमालेभित्र विभिन्न नेताहरूबीचको विचार–विमर्श, कार्यशैलीको भिन्नता र आगामी महाधिवेशनका सम्भावित समीकरणहरूबारे आन्तरिक असन्तोष देखा परेको छ। बाँस्कोटाले “मतान्तरबीच मुस्कुराउँदै सँगै यात्रा गर्न सक्नुपर्छ” भनेको अभिव्यक्तिले सहिष्णुता र सहकार्यको आग्रहसहित इशारात्मक आलोचना समेत बोकेको देखिन्छ।

गोकुल बाँस्कोटाको यो अभिव्यक्ति नेकपा (एमाले) भित्र विचार–प्रवाहको स्वतन्त्रता, नेतृत्वप्रतिको चेतावनी र आन्तरिक एकताको चुनौतीलाई सतहमा ल्याउने प्रयासको रूपमा विश्लेषण गरिएको छ। निषेधको राजनीति अन्त्य गर्दै विचार आदानप्रदानलाई स्वीकार्नुपर्ने सन्देश उनका शब्दमा स्पष्ट झल्किन्छ।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

अडियो प्रकरणमा मन्त्री गुप्ताको बचाउमा पूर्वमन्त्री बस्नेत, नक्कली भन्दै निष्पक्ष छानबिनको माग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग जोडिएको घुस...