बेलायतको Hull University Teaching Hospitals NHS Trust अन्तर्गतका अस्पतालहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरी MRI स्क्यानको समयमा उल्लेखनीय कमी ल्याएका छन्। यसले गर्दा अस्पतालहरूले थप बिरामीलाई सेवा दिन सक्ने भएका छन्।
Hull Royal Infirmary र Castle Hill Hospital मा हालसालै जडान गरिएको Air Recon Deep Learning (ARDL) नामक सफ्टवेयरले स्क्यानिङ प्रक्रियाको पृष्ठभूमि शोर घटाएर छविहरू अझ स्पष्ट बनाउन सहयोग पुर्याएको छ।
छोटो स्क्यान, उस्तै गुणस्तर:
इमेजिङ विभाग प्रमुख करेन बंकर का अनुसार:
| “केही स्क्यान अनुक्रमहरूमा स्क्यान समय घटाए पनि छविको गुणस्तरमा कुनै असर पर्दैन। यसले समय बचत र दक्षता वृद्धि दुबै गर्छ।”
साँघुरो ठाउँप्रति डर (claustrophobia) हुने बिरामी तथा सिकाइमा समस्या भएका व्यक्तिहरूका लागि छोटो स्क्यान समय निकै उपयोगी सावित भएको बताइएको छ। साथै, बालबालिकालाई अब सामान्य एनेस्थेसिया (निश्चेतना) बिना नै स्क्यान गर्न सम्भव भइरहेको छ।
केहि प्रमुख तथ्याङ्कहरू:
- पुरानो MRI शिर स्क्यान समय: ३० मिनेट → अब: २० मिनेट
- प्रोस्टेट स्क्यान समय: ४५ मिनेट → अब: ३० मिनेट
- दैनिक १२ घण्टाको शिफ्टमा लम्बर स्पाइन स्क्यान: पहिले २१ बिरामी → अब: ३१ बिरामी
– बिबिसीको सहयोगमा