उपमेयर डंगोलको स्पष्ट सन्देश : बजेट ढिलो पारेर अरूलाई खसाल्ने प्रयास नगरौँ

प्रकाशित मिति :

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको बजेट प्रक्रिया अवरुद्ध हुन लागेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मेयर बालेन्द्र शाहप्रति परोक्ष चुनौती दिएकी छन्।

डंगोलले आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै कमेन्ट अफ गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र बजेट प्रस्तुत र मसान्तभित्र पारित गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि आवश्यक कार्यपालिकाको बैठक, नगरसभा र बजेट निर्माणसम्बन्धी समितिहरू बसेन भन्नेमा गम्भीर आपत्ति जनाएकी छन्।

| “बजेट तर्जुमा समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति लगायतका महत्वपूर्ण बैठक आजसम्म बस्न सकेका छैनन्, जुन सबैलाई जानकारी भएकै विषय हो,” स्टाटसमा उल्लेख छ।

संविधान र कानूनको दायरामा रही आग्रह:

उपमेयर डंगोलले आफ्नो जिम्मेवारी सम्हालेदेखि नै ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तअनुसार काम गर्दै आएको उल्लेख गर्दै, जनप्रतिनिधिहरूबीच सहमति र संयम आवश्यक रहेको बताएकी छन्।

| “हामी सबै जनताबाट निर्वाचित जनप्रतिनिधि हौं। यदि हामीले जिम्मेवारी पूरा नगर्ने हो भने काठमाडौँवासीप्रति हामीले धोका दिनेछौं,” डंगोलले लेखेकी छन्।

उनले पटक–पटक अनौपचारिकरूपमा मेयर, प्रवक्ता र कार्यपालिका सदस्यहरूसँग बजेटबारे छलफल गर्दै आएको बताउँदै हालैको बैठकमा पनि सकारात्मक संकेत प्राप्त भएको उल्लेख गरेकी छन्।

प्रशासकीय प्रमुखको भूमिकाबारे स्पष्ट अडान:

डंगोलले बजेट अड्किएको विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोषारोपण गर्नु उपयुक्त नहुने धारणा राख्दै, दोष देखिएमा कानुन अनुसार तुरुन्त कारबाही हुनुपर्ने स्पष्ट गरेकी छन्।

| “बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई बाहिर राख्नु जनप्रतिनिधिहरूलाई प्रश्न गर्ने अधिकारबाट वञ्चित गराउनु हो,” डंगोलले भनिन्।
“जनतामा प्रश्न उठ्न सक्छ कि कसैलाई प्रश्नबाट जोगाउन खोजिएको त होइन?”

उनले प्रशासकीय अधिकृतको उपस्थिति अनिवार्य भन्दै बैठकबाट भाग्न दिने होइन, बैठकमै सामना गर्नुपर्ने मान्यता राखेकी छन्।

जनप्रतिनिधिहरूलाई संयमित आह्वान:

डंगोलले स्टाटसको अन्त्यमा साथी जनप्रतिनिधिहरूलाई संयम, सहकार्य र कानुनी दायरामा रही बजेट प्रक्रियामा सहभागी हुन आग्रह गरेकी छन्।

उनले भावनात्मक रूपमा लेखेकी छन्:

| “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने दुर्भाग्यको बाटो रोज्ने प्रयास नगरौं। हामी सबै हातेमालो गरेर अघि बढौं।”

काठमाडौं महानगरपालिकाको चालू आर्थिक वर्षको बजेट अझैसम्म प्रस्तुत भएको छैन। कार्यपालिका र नगरसभाका बैठक समेत नबसी ढिलो भइरहेको प्रक्रियाले स्थानीय सरकारको नेतृत्व र समन्वयमा गम्भीर प्रश्नहरू उठाउँदै आएको छ।

उपमेयरको यो पोस्ट बालेनको नेतृत्वशैलीमाथिको आलोचना मात्र नभई संवैधानिक जिम्मेवारी र संस्थागत संयमको पनि स्पष्ट सन्देश हो।

Editorial Team

Sponsored Content

एआई च्याटबटद्वारा स्मार्ट सेवा: नेपाली व्यवसायमा डिजिटल ग्राहक अनुभवको क्रान्ति

काठमाडौं, नेपाल — डिजिटल युगमा ग्राहकको अपेक्षा झन उचो भइरहेको...

दुई दिनको आन्दोलनपछि चिकित्सक फर्किंदै काममा, सरकारसँग तीन बुँदे सहमति

उपभोक्ता अदालतको विवादास्पद फैसलापछि देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका चिकित्सकहरू...
spot_img

ताजा समाचार

सम्बन्धित समाचार

सम्पत्ति छानबिनमा राप्रपाको माग: २०४६ यताका सबै उच्चपदस्थ नेताको सम्पत्ति जाँच होस्

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालदेखि...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभियान : सबै शीर्ष नेताको सम्पत्ति छानबिनको माग गर्दै आज उजुरी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र...

बामदेव गौतम एकीकृत समाजवादीमा समाहित, औपचारिक एकता घोषणा आज

काठमाडौं-  नेता बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान...

सेयर बजारमा १० महिनाको रेकर्ड कारोबार: ‘अन्य समूह’ अगाडि, सूचक २८७० माथि

नेपाली सेयर बजारले पछिल्ला १० महिनामध्ये सबैभन्दा उच्च कारोबार...

सिनामंगल कारखाना प्रकरण : चिनियाँ नागरिक पक्राउ, २ करोडभन्दा बढीको सामान बरामद

काठमाडौंको पुरानो सिनामंगलस्थित निजी घरमा अवैध रूपमा सञ्चालनमा रहेको...