रवि लामिछानेको पक्षमा रास्वपाको हस्ताक्षर अभियान राजनीतिक प्रपोगाण्डा हो — एमाले सांसद सूर्य थापा

प्रकाशित मिति :

नेकपा (एमाले)का सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा सभापति रवि लामिछानेको समर्थनमा सुरु गरिएको हस्ताक्षर अभियानलाई “राजनीतिक प्रपोगाण्डा” को संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले रास्वपाको अभियानलाई अदालतको निर्णयलाई प्रभाव पार्ने असफल प्रयास भएको उल्लेख गरे।

सांसद थापाको भनाइ:

| “असार ७ गते पूर्पक्षमा रहेका एक व्यक्तिको नाममा १५ पृष्ठ लामो याचना पत्र जारी गरियो। त्यसलाई अपिल नभनी मैले ‘याचना पत्र’ भनेको हुँ।”

उनले भनेको व्यक्ति स्पष्ट रूपमा सभापति रवि लामिछानेतर्फ संकेत गरिएको हो।

| “त्यही याचना पत्र लिएर अहिले हस्ताक्षर अभियान चलाइएको छ। आधा दर्जनभन्दा बढी मुद्दा विभिन्न अदालतहरूमा विचाराधीन छन्। यो हस्ताक्षर अभियान प्रतिशोध होइन, राजनीतिक प्रचारको एउटा औजार हो,” थापाले संसदमा भने।

‘सर्वोच्चको आदेश हस्ताक्षरले बदलिँदैन’

थापाले सर्वोच्च अदालतबाट जारी आदेशलाई हस्ताक्षर संकलन गरेर उल्ट्याउने प्रयासलाई “लोकतन्त्रमा भ्रामक अभ्यास” भन्दै आलोचना गरे।

| “म दाबीका साथ भन्छु, सर्वोच्च अदालतको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन। यो आफ्नाे राेटी सेक्ने उपक्रम मात्रै हो,” उनले दोहो¥याए।

रवि लामिछानेमाथि हाल नागरिकता सम्बन्धी मुद्दालगायत कैयौँ कानुनी विवाद विचाराधीन अवस्थामा छन्। यसै सन्दर्भमा रास्वपाले लामिछानेको पक्षमा देशव्यापी समर्थन संकलन (हस्ताक्षर अभियान) सुरु गरेको थियो।

तर यस अभियानप्रति सत्ता र विपक्षी दलका नेताहरूले आलोचनात्मक दृष्टिकोण राख्दै आएको पाइन्छ।

सांसद थापाको अभिव्यक्तिले राजनीति र न्यायको सीमारेखा बारे बहस थप चर्काउने देखिन्छ। उनकाे भनाइ अनुसार रास्वपाले न्यायालयको स्वायत्तता र सम्मान भन्दा लोकप्रियता र जनदबाबको राजनीति गरिरहेको छ।

Editorial Team

सम्बन्धित समाचार

मिशिगनको मोर्मन चर्चमा गोलीकाण्ड: कम्तीमा चारजनाको मृत्यु, आठजना घाइते

मिशिगनस्थित ग्रान्ड ब्लाङ्क सहरको एक मोर्मन चर्चमा आइतबार भएको...

विश्लेषण: काठमाडौंसम्म फैलिएको युवा आन्दोलनको अर्थ र सम्भावित परिणाम

काठमाडौं — नेपालमा अचानक भड्किएको युवा आन्दोलन केवल राजनीतिक...

युटाह अभियोजकद्वारा चार्ली किर्क हत्या अभियुक्तविरुद्ध मृत्युदण्ड माग

युटाह, अमेरिका — युटाह काउन्टीका अभियोजकहरूले मंगलबार चार्ली किर्कको...

सबै समाचार

spot_img

साताको लोकप्रिय

Chinese ‘Overkill’ in South China Sea Dispute Damages Two Chinese Ships

South China Sea — A tense maritime encounter between...

Panic in Eastern Ukraine as Trump Considers Land Deal with Russia

Sloviansk, Ukraine — Tensions and uncertainty are rising in...

Trump Orders National Guard Deployment to Washington, DC, Declares “Liberation Day”

Washington, DC — U.S. President Donald Trump has announced...

Italian Athlete Mattia Debertolis Dies After Collapse at World Games in China

Italian orienteer Mattia Debertolis, 29, has died four days...

Hamas hostage videos have muted Israeli media’s talk on Gaza’s aid crisis

In late July 2025, Hamas released videos showing two...