रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा मङ्गलबार बिहान करिब ३ बजेतिर आएको भीषण बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान सार्वजनिक गरिएको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार बेपत्तामध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक, ३ जना गाडी चालक तथा अन्य श्रमिक र यात्रु छन्।
यसैबीच, उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगयाधाम नजिकै खोलाको किनारमा एक दाहिने खुट्टा फेला परेको छ। पहिचान खुलाउन डीएनए परीक्षणको तयारी भइरहेको जनाइएको छ।
हालको अवस्था
- इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी टोली उद्धार कार्यमा खटिएको छ।
- बेपत्ता प्रहरीहरू इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।
बेपत्ता ३ जना प्रहरी
- लालबहादुर श्रेष्ठ – प्रहरी सहायक निरीक्षक
- मुन्ना ठाकुर – प्रहरी जवान
- लोकेन्द्र बोहोरा – प्रहरी जवान
बेपत्ता ९ जना नेपाली नागरिक
- फुर्वा लामा
- गोविन्द मोक्तान
- लोकमान तामाङ
- जिपन चौधरी
- सन्तोष दइत
- बुद्धिराम थारू
- लक्ष्मीनारायण थारू
- सुरेश थारू
- नरेन्द्र विक
बेपत्ता ६ जना चिनियाँ नागरिक
- यु युइ
- ली हुवाछिन
- याङ चुआन
- यु हाइ हाङ
- यु छिआओ छुइ
- जौ योङ
रसुवा क्षेत्रको यो बाढीले मानवीय क्षति निकै भयावह भएको देखिन्छ। सुरक्षाकर्मी र उद्धार टोली घटना स्थलमा सक्रिय छन् भने बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।
नेपाल सरकारले बाढी प्रभावित क्षेत्रको तत्काल उद्धार, राहत तथा पहिचान कार्यमा गम्भीरता देखाउनु आवश्यक छ।

