नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी भिसा आवेदन फारममा अब अनिवार्य रूपमा पाँच वर्षयता प्रयोग भएका सबै सामाजिक सञ्जालको विवरण उल्लेख गर्नुपर्ने स्पष्ट पारेको छ।
दूतावासले एक सूचना जारी गर्दै, Facebook, X (पूर्व Twitter), Instagram, YouTube जस्ता सामाजिक सञ्जालमा प्रयोग गरिएको युजरनेम/ह्यान्डलहरू पूर्णरूपमा उल्लेख गर्नुपर्ने जनाएको छ।
दूतावासको स्पष्ट चेतावनी:
| “यदि आवेदकले सामाजिक सञ्जालसम्बन्धी मागिएको जानकारी नदिएको खण्डमा भिसा आवेदन अस्वीकृत हुन सक्छ,”
“त्यसले भविष्यमा पनि अमेरिकी भिसाका लागि अयोग्य बनाउने खतरा रहन्छ।”
दूतावासले आवेदन दिने बेला फारममा दिएको सम्पूर्ण विवरण सही, साँचो र अद्यावधिक हुनुपर्नेमा जोड दिएको छ।
यो व्यवस्था सबै प्रकारका भिसाका लागि लागू हुनेछ, विशेषगरी B1/B2 (पर्यटक/व्यवसाय), F1 (विद्यार्थी), H1B (काम) तथा DV (डिभी) आवेदकहरूलाई अझ सतर्क रहन भनिएको छ।

