विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान तल झर्दै १७६औँ स्थानमा आएको छ। नेपालले पछिल्लो महिनामा दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो।
मैत्रीपूर्ण खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी गर्यो भने एएफसी एसियन कप छनोटको तेस्रो चरणमा लाओसविरुद्ध २–१ गोलले पराजित भयो। लाओस पाँच स्थान माथि उक्लेर १८५औँ स्थानमा रहेको छ।
दक्षिण एसियाली देशहरूको फिफा वरीयतामा भारत शीर्ष स्थानमा छ, जुन ६ स्थान सुधार गर्दै १३३औँ स्थानमा पुगेको छ। माल्दिभ्स १७१औँ, बङ्गलादेश १८४औँ, भुटान १८६औँ, श्रीलङ्का १९६औँ र पाकिस्तान २०१औँ स्थानमा छन्।
विश्व फुटबल वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ, त्यसपछि स्पेन, फ्रान्स, इङ्ल्यान्ड र ब्राजिल क्रमशः दोस्रोदेखि पाँचौँ स्थानमा छन्।

