शाहीको आरोप: “भिजिट भिसा प्रकरणबाट सबैभन्दा धेरै माओवादीले कमायो”

प्रकाशित मिति :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाल चर्चामा रहेको भिजिट भिसा प्रकरणमा सबैभन्दा धेरै आर्थिक लाभ नेकपा (माओवादी केन्द्र) ले लिएको आरोप लगाएका छन्। उनले माओवादी नेताहरूको संलग्नता उल्लेख गर्दै तत्कालीन विदेशमन्त्री नारायणकाजी श्रेष्ठ र पार्टी अध्यक्ष प्रचण्डकी सुपुत्रीसमेत अनुसन्धानको घेरामा पर्ने सम्भावना औंल्याए।

‘नागरिक फ्रन्टलाइन’ कार्यक्रम अन्तर्गत नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा बोल्दै शाहीले भने,

| “भिजिट भिसा प्रकरणमा सबैभन्दा धेरै पैसा माओवादीले कमाएको हो। नारायणकाजीकै पालामा सबैभन्दा धेरै भिजिटमा गएका छन्। भोलि छानबिन हुँदै जाँदा नारायणकाजीजी आउँछन्, प्रचण्डजीका सुपुत्री पनि आउँछन्।”

उनले आरोपको समर्थनमा नारायणकाजी श्रेष्ठको विदेश मन्त्रालय सम्हालेको समयलाई उल्लेख गरे। सो समयकालमा ठूलो संख्यामा श्रमशक्ति भिजिट भिसाका नाममा विदेश पठाइएको र त्यसमा व्यापक अनियमितता भएको भन्दै शाहीले माओवादीलाई नै मुख्य लाभार्थीको रूपमा चित्रण गरे।

“ब्यागेज बोकेर राजनीति गाह्रो”

शाहीले नेपाली राजनीतिमा भ्रष्टाचार, अनियमितता, र व्यक्तिगत स्वार्थका कारण “ब्यागेज बोकेको” नेताहरूले निष्पक्ष निर्णय गर्न नसक्ने टिप्पणी पनि गरे।
उनले भने:

| “मैले कहीँ ठगेको छैन। ब्यागेजहरू राख्नु हुँदैन। त्यसले बार्गेनिङको आधार बनाउँछ। माओवादीले गृहमन्त्रीको राजीनामा मागेर भिजिट भिसा प्रकरणमा सशक्ति भयो, तर जब अग्नि सापकोटाको कुरा आयो, ब्याक हुनुपर्‍यो।”

शाहीको भनाइ अनुसार, माओवादीले रणनीतिक रूपमा भिजिट भिसा प्रकरणको प्रयोग गरे पनि आफ्नै नेतृत्वप्रति प्रश्न उठ्न थालेपछि पछि हट्न बाध्य भएको थियो।

ज्ञानेन्द्र शाहीको यो अभिव्यक्ति माओवादी केन्द्र र त्यसका शीर्ष नेताहरूलाई लक्षित गर्दै राजनीतिक दबाब सिर्जना गर्ने प्रयासको रूपमा हेरिएको छ। यो प्रकरण अब छानबिन, संसदीय बहस र न्यायिक प्रक्रियाको दिशामा प्रवेश गर्ने सम्भावना देखिन्छ।

-नागरिकन्यूजबाट साभार

Editorial Team

सम्बन्धित समाचार

लेबर कति संकटमा छ, प्रधानमन्त्री सही व्यक्ति हुन्?

**लेबर पार्टी कति समस्यामा छ - र के प्रधानमन्त्री...

निक रोबिन्सन: यूकेमा अभिव्यक्ति स्वतन्त्रता विवाद चर्कियो।

**निक रोबिन्सन: बेलायतमा अभिव्यक्ति स्वतन्त्रताको विवाद कसरी उफ्रिदै शिखरमा...

ट्रम्पको राजकीय भ्रमणमा समस्याहरू हुन सक्छन्।

**ट्रम्पको राजकीय भ्रमण सतर्क तयारीका बाबजुद पनि सम्भावित जटिलताले...

सबै समाचार

spot_img

साताको लोकप्रिय

Chinese ‘Overkill’ in South China Sea Dispute Damages Two Chinese Ships

South China Sea — A tense maritime encounter between...

Panic in Eastern Ukraine as Trump Considers Land Deal with Russia

Sloviansk, Ukraine — Tensions and uncertainty are rising in...

Trump Orders National Guard Deployment to Washington, DC, Declares “Liberation Day”

Washington, DC — U.S. President Donald Trump has announced...

Italian Athlete Mattia Debertolis Dies After Collapse at World Games in China

Italian orienteer Mattia Debertolis, 29, has died four days...

Hamas hostage videos have muted Israeli media’s talk on Gaza’s aid crisis

In late July 2025, Hamas released videos showing two...