काठमाडौंको पुरानो सिनामंगलस्थित निजी घरमा अवैध रूपमा सञ्चालनमा रहेको विद्युतीय उपकरण उत्पादन कारखानामा प्रहरीले छापा मारेको छ। ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट २ करोड १९ लाखभन्दा बढी मूल्यको सामान र उपकरणहरू बरामद गरेको छ।
के-के फेला पर्यो?
- ल्यापटप ब्याट्री (एचपी, डेल, एसर, एसुस, लेनोभो) : १ करोड १९ लाख बराबर
- तयारी अवस्थामा रहेका ल्यापटप : ३,०९२ थान
- सिसी क्यामेरा उपकरण : १,४७९ थान
- व्यक्तिगत आवास प्रयोग : गोदाम र कारखानाजस्तै
मुख्य आरोपहरू
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार :
- कुनै सरकारी इजाजत वा उद्योग दर्ता नलिएको
- कर दस्तुर नतिरेको
- चीनबाट ल्याइएका कच्चा पदार्थलाई प्रशोधन गरी नेपालमै सामान उत्पादन
- बिल-बिजक विनै बिक्री वितरण, राजस्व छली
प्रहरीले यो कार्यलाई ठूलो राजस्व छली र अनधिकृत व्यापारिक गतिविधि मानेर राजश्व अनुसन्धान विभागमा जिम्मा लगाइएको जनाएको छ। विस्तृत अनुसन्धानपछि आर्थिक अपराध ऐनअनुसार कारबाही गरिने अपेक्षा छ।
यो घटना नेपालको कम्बलमुनी लुकेको अवैध उद्योग क्षेत्रप्रति गम्भीर संकेत हो। विदेशी नागरिकद्वारा नियमनबिना सञ्चालन हुने यस्ता व्यापारहरूले राजस्व, सुरक्षा, प्रविधि क्षेत्रको विश्वसनीयता सबैमा असर पुर्याउने सम्भावना रहन्छ। सरकार र सम्बन्धित निकायहरूले यस्ता गतिविधि समयमै निगरानी र नियमन नगरे स्याहार्नै नसकिने जोखिम देखिन्छ।

