काठमाडौं, ७ साउन – संघीय संसदको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संग सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर सत्र हुने भएको छ।
सङ्घीय संसद सचिवालयद्वारा सार्वजनिक संभावित कार्यसूची अनुसार, प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। सांसदहरूले सरकारको नीति, कार्यशैली तथा समसामयिक मुद्दाहरूमा प्रश्न राख्ने र प्रधानमन्त्रीले जवाफ दिनेछन्।
संसदको प्रमुख कार्यसूची:
- प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम
- राष्ट्रिय सभाबाट पारित पानीजहाज विधेयकमाथि छलफल गरिने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिने
यस कार्यक्रमलाई सांसदहरूले कार्यकारी प्रमुखसँग सीधा संवाद गर्ने अवसरका रूपमा लिने अपेक्षा गरिएको छ। यसले लोकतान्त्रिक उत्तरदायित्व, सार्वजनिक पारदर्शिता, तथा नीतिगत बहसलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

