१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भालुवाङमा राजधानी प्रस्ताव लगत्तै दाङमा जग्गा किनबेच र कित्ताकाटमा रोक



बुटवल | प्रदेश-५ सरकारले राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभामा पेस गरेसँगै प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिका- १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका- ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिरिषद् कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !