१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अनुराग कश्यपले दिए बलात्कार आरोपमा निर्दोषिताको प्रमाण



एजेन्सी | बलिउड चलचित्रकर्मी अनुराग कश्यपले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोप खारेज गरेका छन् । उनले मुम्बई प्रहरी समक्ष आफू निर्दोष रहेको ‘प्रमाण’ पेश गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

द हिन्दू पत्रिकामा छापिएको खबर अनुसार अनुराग कश्यपले मुम्बई प्रहरी समक्ष सन् २०१३ को अगस्टमा आफू चलचित्र छायाँकनका लागि श्रीलंकामा रहेको बताएका छन् ।

अभिनेत्री पायल घोषले कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन्। त्यसपछि अनुराग कश्यपलाई मुम्बई प्रहरीले सोधपुछका लागि बोलाएको थियो । प्रहरीले झण्डै ८ घण्टा उनीसँग सोधपुछ गरेको थियो ।

अनुसन्धान गरिरहेका अधिकारीलाई कश्यपले सन् २०१३ को अगस्टमा आफू श्रीलंकामा रहेको बताउँदै त्यसको प्रमाण पनि बुझाएका छन् ।

अभिनेत्री घोषले कश्यपले बलात्कार गरेको आरोप लगाउँदै मुम्बईको वर्सोवा प्रहरी चौकीमा उजरी दिएकी थिइन् ।

अनुराग कश्यपकी वकिल प्रियंका खिमानीले जारी गरेको बयानमा भनिएको छ, ‘कश्यपले दस्तावेज दिएका छन् जसका अनुसार अगस्ट २०१३ मा उनी चलचित्र छायाँकनका लागि श्रीलंकामा थिए । कश्यपले सबै आरोप खारेज गरेका छन् ।’

अनुराग कश्यपको छवी खराब गर्ने उद्देश्यले आरोप लगाएको वकिल प्रियंका खिमानीले बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस !