१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- अब काठमाडौं नआउनुस्



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ । शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए । उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस्’ भन्नु भएको छ |


प्रतिक्रिया दिनुहोस !