१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रधानमन्त्री के पी ओलीको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका तीनजना सल्लाहकार, स्वकीय सचिवलगायतमा कोरोना संक्रमण देखिए पनि ओलीमा भने रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीको बिहीबार स्वाब संकलन गरिएको र सल्लाहकारलगायत १ सय ५० जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो । बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको र सल्लाहकारसहित केहीको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्नका लागि विशेष सावधानी अप्नाउँदै आएका छन् । अब दुईचारदिनमा फेरि एक पटक प्रधानमन्त्री ओलीको स्वाब परीक्षणको तयारी गरिएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !