spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

spot_img
spot_img

भारतीय समाचार एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ८४२ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६९ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा ७९ हजार ४७६ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा छ । भारतमा रेल्वे सेवा सञ्चालनमा आएसँगै कोरोना संक्रमण तीव्र गतिमा समुदाय स्तरमा फैलिरहेको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: