१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जनपद प्रहरीमा डीआईजीको ५ वटा दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिदै



काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ वटा दरबन्दी थप्ने तयारी गरिएको छ । गृह मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषदमा पठाएको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) अनुसार डीआईजीको ५ वटा दरबन्दी थपिन लागेको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद्ले गृहको प्रस्तावलाई हाल छलफलका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा पठाएको छ ।

समितिबाट मन्त्रिपरिषदमा गएपछि डीआईजी थप्ने प्रस्तावमाथि निर्णय हुनेछ । यसअघि डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली थिए । त्यसमा ५ वटा दरबन्दी थप भए नेपाल प्रहरीमा डीआईजीको ८ पद रिक्त हुनेछन् ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !