१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सूचना प्रकाशित नगरेरै धमाधम कर्मचारी नियुक्ति गर्दै अध्यक्ष धामी



दार्चुला : असोज १८, दार्चुलाको मार्मा गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित नगरेरै मनपरी रुपमा कर्मचारी भर्ना गर्ने गरेको छ । गाउँपालिका अध्यक्ष जमनसिह धामीले आफ्नो चिनजान आफ्नो पार्टीका मान्छेहरुलाई धमाधम पालिकाका हरेक कार्यालयमा कर्मचारी राख्ने गरेको स्थानीयले जाननकारी दिएका छन् । कार्यपालिकाको बैठकले निर्णय गरेको भन्दै सार्वजनिक सूचना प्रकाशित नगरी गाउपालिकाले वडा नम्बर ३ भैसे सामुदायिक स्वस्थ्य चौकीमा एक जना अनमी र नर्सलाई बिना विज्ञापन भर्ना गरी नियुक्ति गरिएको छ । मनिसा फराल (बम) र गौरी ठगुन्नालाई बिना विज्ञापन पनयुक्ति दिएसँगै अध्यक्ष धामीको रवैयाको चर्को विरोध भईरहेको छ ।

गाउँपालिका अध्यक्ष जमनसिह धामी र प्रमुख प्रशासकीय अधिकृत राम कुमार रानासँग बिषयमा बुझ्न खोज्दा लगातार दुई दिनसम्म फोन रिसिभ नभएको पहरा नेपालले जनाएको छ । यो बिषयमा स्वास्थ्य संयोजक र सूचना अधिकारीले गाउँपालिकाले विज्ञापन बिनै नियुक्ति दिएको सम्म दिएको बताएका छन । स्वास्थ्य चौकीमा नया नियुक्ति दिएका एक जना दुहु गाउपालिकाका हुन भने एक जना मार्माकै हुन् भने अर्का सत्तारुढ नेकपा जिल्ला सचिवालय सदस्य अकबर ठगुन्नाका छोरी गौरी ठगुन्ना हुन् ।


प्रतिक्रिया दिनुहोस !