१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्रीका सञ्चारविज्ञ बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि



काठमाडौं । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । गत विहीबार पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको बजगाईको आइतबार परीक्षण रिपोर्ट आएको हो । कोरोना परीक्षणपछि पोजेटिभ रिपोर्ट आए पनि आफूलाई कुनै लक्षण नदेखिएको बजगाईले बताउनुभयो । अवस्था सामान्य रहे पनि आफू होम आइसोलेशनमा बसेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “पछिल्लो पटक गरिएको पीसीआर परीक्षणबाट ममा कोरोना पोजेटिभ देखिएको छ, सम्पर्कमा रहनुभएका मित्रहरुलाई पीसीआर परीक्षण गर्न अनुरोध गर्दछुँ । हाल मेरो स्वास्थ्य अवस्था ठीक छ ।”

एक हप्ताअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गराउनुभएका प्रधानमन्त्री कार्यालयका फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ । उहाँ पनि हाल होम आइसोलेशनमा रहनुभएको छ । हिजो शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार तथा प्रमुख स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय