१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विशाल ग्रुपको जनस्वास्थ्यमा गम्भीर खेलबाड, म्याद सकिएका उत्पादन बेच्ने गरेको खुलासा



काठमाडौं : असोज १९, विशाल ग्रुप खाद्य उत्पादक कम्पनीले मानिसको स्वास्थ्यमा गम्भीर असर गर्नेगरी म्याद गुज्रेका उत्पादन बेच्ने गरेको खुलासा भएको छ । बालबालिकादेखि बृद्धबृद्धासम्मका लागि रोजाईको चकलेट, विस्कुट र हर्लिक्स उत्पादन गर्ने विशाल ग्रुपले खराब नियत राखेर जनस्वास्थ्यमा खेलबाड गरेको भन्दै उपभोक्ताले हदैसम्मको कारबाहीको माग पनि गरेका छन् । गत बिहीबार कलंकीका केही भवनहरुमा छापा मार्दा चकलेट, विस्कुट, आलु चिप्स जस्ता दैनिक रुपमा बालबाललिकाले खाने गरेका उत्पादनहरुको नक्कली मिति राखेर बेच्ने गरेको पाइएको थियो । त्यतिमात्रै नभइ ज्येष्ठ नागरिकले प्रयोग गर्ने गरेको हर्लिक्स जस्ता भिटामिनजन्य वस्तुमा पनि नयाँ मिति राखेर बेच्ने गरेको पाईएको थियो ।

प्रहरीको छापा पछि पैसाका लागि अखाद्य भइसकेको वस्तुमा नक्कली लेबल टाँसेर गरी उपभोक्ता तथा सर्वसाधारणको जीवनमाथि नै गम्भीर खेलवाड गर्ने व्यापारिक समूह बन्यो विशाल ग्रुप । जुन प्रहरीले जफत गरेको अखाद्य वस्तुहरुको थुप्रोले नै प्रमाणित गरिसकेको छ । यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले झण्डै एक महिना अघिबाट अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको अन्त्यसम्ममा महाशाखाले प्रमाण विशालसहित ग्रुपको कर्तुत फेला पार्यो । उनीहरुले ९५ करोड बराबरको अखाद्य वस्तुमा नयाँ मिति भरेर भण्डारण गरेर राखेको पाइयो । आइतबार पुनः कलंकीकै अर्को अड्डामा छापा मार्दा पनि विशाल ग्रुपबाट उत्पादित सामग्री ठूलो परिमाणमा बरामद भएको छ । कालोबजारीअन्तर्गत मुद्दा चलाउन नमिल्ने कानुनी अडचनको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरेर संयुक्त अप्रेसन चलाइएको थियो ।

अप्रेशनका आयन डिस्ट्रिब्युटरले लोकल वितरण गर्ने र उसले बिशाल ग्रुपबाटै संचालित युनाइटेड डिस्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको अनुसन्धानबाट खुलेको छ । तर प्रहरीले बिहीबार छापा मार्दा गोदाममा भेटिएका सबै खाद्य सामग्री बिशाल ग्रुपको फेला परेको थियो । त्यसपछि पुष्पादेवी अग्रवाल, रोशन बात्रासहित अन्य नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु गरी ८ जना पक्राउ परेका थिए । पक्राउ पर्ने अग्रवाल आयन इन्टरनेसनल नामक कम्पनीको दर्ता गर्ने महिला हुन् । त्यस्तै बात्रा कम्पनीको प्रमुख रहेर वितरण गर्ने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !