८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विपक्षीको नाराबाजी बीच प्रदेश ५ प्रदेशसभाको वैठक सुरु



बुटवल । प्रदेश ५ प्रदेश सभाको वैठक बुटवलमा सुरु भएको छ । वैठक सुरु हुनासाथ नेपाली कांग्रेसले बोल्न समय माग गरेपछि नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले बोल्न सुरु गर्नुभएको छ । उहाँले बाेल्ने बितिकै नाराबाजी शुरू भएकाे र बैठक केही बेरका लागि स्थगित गरिएकाे छ । यसैगरी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले सरकारको प्रस्तावको पक्षमा मतदान गर्न नेकपाका सा छंसदहरुलाई ह्विप जारी गरेको छ । विहान अबेर बसेको दलको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्तावका पक्षमा मतदान गर्न निर्देशन दिनुभएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

प्रदेश ५ मा कूल ८७ सदस्यमध्ये नेकपाका मात्रै ६१ सांसद छन । सरकारको प्रस्ताव पारित हुन ५८ मत चाहिन्छ । नेकपाकै सांसदहरुले सरकारको प्रस्तावको पक्षमा मतदान गरे सरकारको प्रस्ताव सजिलै पारित हुने संभावना छ ।


प्रतिक्रिया दिनुहोस !