६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

तातोपानी नाका खुलेसंगै १२ कन्टेनर नेपाल भित्रिए



सिन्धुपाल्चोक । बाढीपहिरोले बन्द भएको तातोपानी नाका सोमबारबाट खुलेको छ । सिन्धुपाल्चोक र चीनकाे तिब्बत न्यालामका अधिकारीबीच असोज १३ गते भएको सहमति अनुसार नाका पुनः खुलेको हो । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालाबहादुर खत्रीका अनुसार चीनको स्वाशासित क्षेत्र खासाबाट छ वटा चिनियाँ मालबाहक कन्टेनरले कपडा र कच्चा पदार्थ मितेरी पुल नजिकै रहेको चाइनातर्फको यार्डमा ल्याइदिएको थियो ।

एक चीनियाँ कन्टेनर बराबर दुई नेपाली कन्टेनर सामान हुने गर्छ । सोही अनुसार १२ कन्टेनर सामान आज नेपाल भित्रिएका छन् । तर निर्यात भने भएको छैन् ।कन्टेनरमा आएको सामान चिनियाँ चालक र मजदुरले मितेरी पुल ल्याईदिएका थिए । उक्त सामान सिन्धुपाल्चोकतर्फका चालक र मजदुरले मितेरी पुल पुगेर तातोपानी सुख्खा बन्दरगाहको माथिल्लो भन्सार कार्यालयमा झारिएको छ । चीनियाँ र नेपाली चालक र मजदुरको पाँच, पाँच दिनमा कोभिड १९ को परीक्षण हुने गरेको छ । नेपालतर्फ २९ जना चालक र मजदुरको टोली सामान लोड र अनलोड गर्ने प्रबन्ध मिलाइएको छ ।

नेपाल भित्रिएका उक्त सामानलाई मेडिकल प्रोटोकल पूराएर जाँचपास गरि केही दिनभित्र राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभएको छ । आज बेलुकी खासाबाट फेरि छ कन्टेनर सामानसहित मितेरी पुल आइपुग्ने उहाँले बताउनुभएको छ । ती सामान पनि मेडिकल प्रोटोकल पूरा गरि भन्सार कार्यालय ल्याइने खत्रीले जानकारी दिनु भयो । तातोपानी नाका बाढीपहिरोका कारण असार २५ गतेबाट बन्द थियो । २०७२ बैशाख १२ गतेको भूकम्पबाट पूर्णरुपमा बन्द भएको नाका २०७६ जेठ १५ गते सूचारु भएको थियो ।- गोरखापत्र अनलाईनबाट


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय