१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उपत्यकामा १५३१ सहित देशभर २४४० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।

पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय