४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

निजीक्षेत्रबाट नेपालमा पहिलो पटक ३ दिने नि:शुल्क पिसिआर परीक्षण हुँदै



काठमाडौं | देशभरमा कोरोना भाइरसको संक्रमण एकदम बढ्दो क्रममा रहेको छ | त्यस माथि सरकारले लकडाउन र निषेधाज्ञा हटाएसंगै आममानिसको आवतजावत अत्यधिक रुपमा बढेको छ | जसको कारण दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ | स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण निजि ल्याब तथा अस्पतालबाट हुने व्यबस्था गरे पनि सामान्य मानिसको पहुँच भन्दा बाहिर छ | किनकि निजि ल्याबहरुको शुल्क नै अत्यधिक महँगो छ | जुन गरिब जनताले तिर्न सक्दैनन् |

यहि कुरालाई मध्यनजर गर्दै काठमाडौं मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोगमा कुमारी बैंक लि. ले प्रायोजन गरेको ३ दिने नि:शुल्क पिसिआर परीक्षण शिविर कुमारी बैंक नक्साल शाखामा आजबाट सुरु भएको छ । जसबाट आर्थिक अवस्था कमजोर भएकाहरुले पनि फाइदा लिन सक्नेछन् | उक्त पिसिआर परीक्षण सिविरको लागि जय कुमार दास फोन न. ९८५१०१६२५५ मा सम्पर्क गर्न सकिने पनि जनाएको छ |


प्रतिक्रिया दिनुहोस !