१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई कोरोना संक्रमण



काठमाडौं : असोज २०, चर्चित हाँस्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार (आज) हाँस्यकलाकार हरिवंश आचार्य आफैले आफ्नो फेसबुक पेजमार्फत् आफू र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले सामान्य लक्षण देखिएपछि पीसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर टेष्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, उनले आफ्नो पेजमा लेखेका छन् ।


त्यस्तै उनले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । त्यस्तै, सम्पर्कमा आएका सम्पूर्णलाई पनि होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन् । त्यस्तै उनले अगाडी लेखेका छन्, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस !