१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रदेश न. ५ को नाम लुम्बिनी राखेकोमा आदिवासी जनजाति महासंघको आपत्‍ति



काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश न. ५ को नाम प्रति आपत्ति जनाएको छ । ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक र केन्द्रीकृत, नश्लवादी चिन्तनबाट ग्रसित भई लुम्बिनी नाम राखेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

प्रदेश ५ को प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको छ । यो निर्णय २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, सशस्त्र माओवादी जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, मगरात आन्दोलन, थरुहट आन्दोलन, मधेस विद्रोह, आदिवासी र सरकारबीच भएको विगतको सहमति/सम्झौता, दलहरूले निर्वाचनमा जनतासँग गरेका प्रतिवद्धता, मानव अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज र नेपालको संविधान २०७२ को प्रस्तावना र संघीयताको मूल मर्म विपरीत भएको महासंघले जिकिर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !