७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

लकडाउनको मौका छोपी पशुसेवा विभागका डिजी शर्माले खरिद गरे २ करोड बढीका ५ वटा गाडी



dav


करनसिंह बडाल ।

काठमाडौं : असोज २१, यती बेला देश कोरोना कहरले आक्रान्त बनेको छ तर सरकारी कर्मचारीहरु भने संकटको अवसर पारेर आफ्नो द्रब्य मोह पुर्ती गरी रहेका छन् । मिति २०७६ चैत्र ११ गतेदेखि लगाईएको लकडाउनका कारण जनता खान नपाएर छटपटिरहेका छन् । तर लकडाउनमा सबैको ध्यान कोरोना महामारी परेको मौका छोपेर नेपाल सरकारको कृषि मन्त्रालको मातहतमा रहेको पशुसेवा विभागका महानिर्देशक (डिजी) बंशी शर्माले ५ वटा गाडी खरिद गरेका छन् । रोजगारी गुमेर सर्वसाधारण जनता दुई छाक टार्न नसकेर सकसमा छन् तर डिजी शर्माले आफुले प्रयोग गर्नका लागि बा २ ज ५२५२ नम्बरको लक्जरी गाडी खरिद गर्नुका साथै क्वारेन्टाईनका लागि थप ४ वटा गाडी खरिद गरेपछि उनको चर्को आलोचना भईरहेको छ । कोरोना महामारीको मौकामा डिजी शर्माले मनोमानी ढंगले आफ्नो लागि लक्जरी गाडीसहित अरु ४ ओटा गाडी खरिद गरेपछि पशुसेवा विभागका पुराना गाडीहरु थन्किएका छन् ।

देश लकडाउनका कारण क्वारेन्टाईनमा थुनिएको मौकामा डिजी बंशी शर्माले सुटुक्क बा २ ज ५२५२, बा २ ज ५२५५ , बा २ ज ५२५६, बा २ ज ५२५७ र बा २ ज ५२५८ नम्बरका २ करोड बढी मुल्यका ५ वटा गाडी खरिद गरेका छन् । त्यस्तै डिजी शर्माले पशु सेवा विभागको गाडी आफ्नो श्रीमतीलाई प्रयोग गर्न दिएको पशुु सेवा विभागमा चर्चा चलेको छ ।

व्याक्तिगत प्रयोजनका लागि टिलिक्क टल्केको गाडी नभई डिजी शर्मालाई भात नै रुच्दैन, मान्छेको द्रब्य मोह पनि अचम्मको हुने रहेछ । पुराना गाडी थन्काएर राज्यलाई अनाआवश्यक भार किन थोपर्नु, डिजी शर्मामा मितव्ययीता भन्ने पटक्कै देखिदैन । पदको रवाफमा जे निर्णय पनि जबरजस्त लाद्ने गर्छन्, पशुसेवा विभागका एक कर्मचारीले सुप्रिम खबरसँग भने ।

नेपाल सरकारले पनि लकडाउनका कारण उदेश्य अनुरुप राजश्व उठाउन नसकेर कर्मचारीहरुलाई तलब खुवाउन र अन्य खर्च चलाउन गाह्रो भईरहेको पटक पटक पत्रकार सम्मेलनमा बताईसकेको छ । एकातर्फ राज्य संचालन गर्न अर्थमन्त्रालयले विदेशबाट ठूलो रकम ऋण ल्याएर राज्य संचालन तथा कर्मचारीहरुलाई तलब खुवाईरहको छ, भने अर्कातर्फ निजामती कर्मचारीहरुले मनोमानी ढंगले अनाआवश्यक खर्च गरिरहेका छन् वा आयातित लक्जरी सामान खरिद गरिरहेका छन् । जसले राज्यलाई अनाआवश्यक भार थप्ने गरेको छ । सधै यथास्थितिको पक्षपोषण गर्ने गरेको भन्दै नेपालको निजामती कर्मचारीहरु निक्कै आलोचित बन्ने गरेका छन् । पशु सेवा विभागमा भईरहेका बिकृतिको हामी निरन्तर फलोअफमा छौँ ।


प्रतिक्रिया दिनुहोस !