७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

जाजरकाेटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु



जाजरकोट । जाजरकोटको जुनिचाँदेमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गाबाट आज बिहान गएकाे यात्रुवाहक जीप दिउँसो जुनीचाँदे-१ काप्रामा सडकबाट तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

जाजरकाेट प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको खबर आएको छ । दुर्घटनाको खबर आउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । प्रहरी घटनास्थलमा पुगेपछि घटनाको विस्तृत विवरण आउने उहाँको भनाइ छ । जम्मा कति जना सवार थिए भन्ने कुराको समेत जानकारी नआएको प्रहरी प्रमुख श्रेष्ठको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !