८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा



एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन्। शारीरिक रुपमा सुरुमा केही संघर्ष गर्नु परे पनि जोकोविचले पाब्लो कारेनो बुस्तालाई पराजित गरेका हुन् ।

सर्बियाली खेलाडी जोबोविचले स्पेनिस बुस्तालाई ४–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् । पहिलो हाफमा पछि परेको जोकोविचले त्यसपछिका तीन सेटमा जित निकालेका हुन् ।

जोकोविचले फाइनल प्रवेशका लागि स्टेफानोस टिट्सिपाससँग प्रतिस्पर्धा गर्ने छन् । स्टेफानोसले एन्ड्री रुब्लेभलाई ७–५, ६–२ र ६–३ को सेटमा पराजित गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !