१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विवाह गर्दै ‘सिंघम’ नायिका काजल अग्रवाल



एजेन्सी । ‘सिंघम’ फेम अभिनेत्री काजल अग्रवाल छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले आफैं सोसल मिडियामार्पmत यसको जानकारी दिएकी हुन्। काजलले आफ्नो पोस्ट्मा अक्टोबर ३० तारिखमा गौतम किचलूसँग विवाह गर्ने उल्लेख गरेकी छन्।

उनले लेखेकी छन्, ‘विवाहका बारेमा जानकारी दिन पाउँदा मलाई निकै खुसी लागेको छ। म गौतम किचलूसँग ३० अक्टोबरमा मुम्बईमा विवाह गर्दैछु। मेरो विवाहमा केबल परिवारका सदस्य मात्रै सहभागी हुनेछन्। यो महामारीले निश्चित रूपमा हाम्रो जिन्दगीलाई झट्का दिएको छ तर पनि हामी एक साथ जिन्दगी सुरुआत गर्न तयार भएका छौं। हामीलाई थाहा छ कि तपाईंहरू पनि हाम्रो खुसीमा चियर्स गर्नुहुनेछ।’ उनले आफ्नो पोस्टमा विवाहपछि पनि अभिनयमार्फत दर्शकलाई मनोरञ्जन गराइराख्ने बताएकी छन्। खबरअनुसार उनीहरूको यो प्रेम विवाह हो र दुवैले इनगेज्मेन्ट गरिसकेका छन्। गौतम इन्टेरियर डिजाइनर हुन्।

काजलले फिल्म ‘क्युं हो गया ना’ बाट २००४ मा बलिउडमा कदम राखेकी हुन्। त्यसपछि उनी साउथ फिल्ममा गएकी हुन्। उनले ‘मगधिरा’ र ‘थुपक्की’ जस्ता धेरै सुपरहिट फिल्म खेलेकी छन्।

२०११ मा उनी अजय देवगनको एक्सन ड्रामा ‘सिंघम’ बाट पुन: बलिउडमा फर्केकी हुन्। यसपछि २०१३ मा फिल्म ‘स्पेसल–२६’ मा अक्षय कुमारसँग उनले काम गरिन्। उनको पछिल्लो हिन्दी फिल्म ‘दो लफ्जों की कहानी’ हो जसमा रणदीप हुड्डा लिड रोलमा थिए। काजल अब सञ्जय गुप्ताको ‘मुम्बई सागा’ मा देखिने छिन्।


प्रतिक्रिया दिनुहोस !