६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

टन्सिलले बिगारेको मुटु



डा. प्रकाशराज रेग्मी :

बाथ मुटुरोगलगायत समग्र मुटुरोगसँग सम्बन्धित दर्जनौँ पुस्तकहरू प्रकाशित गरिसकेका डा. रेग्मीले बाथ–मुटुरोगको रोकथाम तथा उपचारमा जनचेतना बृद्धि गर्ने उद्देश्यले ‘टन्सिलले विगारेको मुटु’ नामक नयाँ पुस्तक प्रकाशित गरेका छन् । डा रेग्मीका अनुसार यो पुस्तक विश्व मुटु दिवसका अवसरमा यही असोज १३ गते सार्वजनिक हुँदैछ । यस पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम ‘आरएचडी रिसर्च फन्ड’मा नै जम्मा गर्ने डा. रेग्मीको प्रतिबद्धता छ ।

बाथ–मुटुरोग रोकथामका लागि गरिएका सङ्घर्षका अनुभूतिहरूको संगालोको रूपमा रहेको यो पुस्तक बाथ–मुटुरोग लागेकाहरूका लागि मात्र होइन, विद्यालयस्तरका विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी र बाथ मुटुरोगबाट बचाउन चाहने सचेत बाबुआमाका लागि अझ बढी उपयोगी छ । साथै यस क्षेत्रमा कार्यरत संघ संस्था, नीति निर्माता, सञ्चारकर्मी, चिकित्सा क्षेत्रका विद्यार्थी सवैका लागि उपयोगी छ । यस पुस्तकमा उनको प्रेरणादायी एवं अनुकरणीय जीवनका संघर्षपूर्ण कथाहरू समेटिएका छन् । यस पुस्तक भित्र नेपाली समाजको चित्र छ । रोगीको वेदना छ । सङ्घर्षको कथा छ । नेपालमा मुटुरोग उपचार सेवाको स्थापना र विस्तारको इतिहास छ । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा तपाई भावुक बन्नु हुनेछ । भाषा अत्यन्तै सरल र रसिलो छ । पुस्तक पढेपछि तपाईलाई पनि बाथ–मुटुरोग रोकथामको जिम्मेवारी बोध हुनेछ । डा. रेग्मीका अनुसार यो जिम्मेवारी बोध नै पुस्तक प्रकाशनको उपलब्धि मानिने छ ।- नेपाल समाचारपत्रबाट


प्रतिक्रिया दिनुहोस !