१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आजै मात्रै २०५९ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय