१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

काठमाडौं उपत्यकामा आज १४०९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं उपत्यका

काठमाडौं। काठमाडौं उपत्यकामा आज १४०९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १११६, भक्तपुरमा १३० ललितपुरमा १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमति फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आज देशभर २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख नाघेको छ । आज देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २०५९संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीका कारण हालसम्म ६०० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएसंगै मर्नेको संख्या ६०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !