१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिनू : स्वास्थ्य मन्त्रालय



काठमाडौं । देशमा कोरोना संक्रमण बढ्दै गए पछि र सरकारको नियन्त्रण बाहिर गएको हुदा सरकारले यसपालीको दसैँको आशिर्वाद अनलाइन र फोनबाट लिन आग्रह गरेको छ । टीका थाप्नको लागि जाँदा कोरोना संक्रमण फैलने भन्दै सरकारले अनलाइन र फोनबाट आशिर्वाद थाप्न आग्रह गरेको हो । ‘कोरोनाका कारण मान्यजनबाट आशिर्वाद अनलाइन र फोनबाट लिऔँ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने ।

किनमेलका लागि बजारमा नजान समेत उनले आग्रह गरे । संयमित भएर चाडपर्व मनाऔँ । भीडमाड नगरौँ । पुरानै सामानको प्रयोग गरौँ । कपडा किनमेल नगरौँ । घरमै पकाएर परिवार बसेर मनाऔँ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय