१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अब कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल सजाय



काठमाडौं। दिनदिनै अत्यधिक गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै र सरकारले आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको कोरोना संक्रमण नियन्त्रण गर्न असक्षम भएपछि काठमाडौं उपत्यकामा कोरोना पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसे सरकारले ६ महिना जेलमा हाल्ने भएको छ । पोजिटिभ आएका संक्रमित बाहिर हिडेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ती संक्रमतिलाई कार्यवाही गरिने जानकारी दिए ।

‘पोजिटिभ आएका व्यक्ति आइसोलेसनमा नबसेको पाइएको छ । यस्तो अवस्थामा घर परिवार वा समुदायले अनुगमन गरेर खबर गर्नुहोला । आइसोलेसनमा नबस्नेलाई संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुनेछ । आइसोलेसनमा नबस्नेलाई पक्राउ गरेर सजाए दिन गृहमन्त्रालय र जिल्ला प्रशासनलाई भनेका छौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय