१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ट्रम्पबाट अरुमा कोरोना संक्रमण नफैलिने: अमेरिकी डाक्टर



एजेन्सी । कोरोना भाइरसबाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरुमा संक्रमण फैलिने सम्भावना नरहेको ह्वाइट हाउसका डाक्टरले बताएका छन् । डा. शन कन्लीले बिहीबार यता पहिलोपटक ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार अब ट्रम्पबाट संक्रमण अरुमा फैलिने सम्भावना छैन । यसअघि नै ट्रम्पले शनिबार ह्वाइट हाउसमा सार्वजनिक कार्यक्रम गरी आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए ।

ट्रम्प संक्रमण मुक्त भइनसकेकाले उनबाट अरुमा संक्रमण फैलिन सक्ने भन्दै चासो व्यक्त भएको छ। तर डाक्टरले दिएको पछिल्लो जानकारीमा ट्रम्पमा सक्रिय रुपमा भाइरस बिस्तार भएको प्रमाण नभेटिएको र भाइरल लोड घट्दो क्रममा रहेकाले उनीबाट अरुमा संक्रमण नफैलिने उल्लेख छ । तर डाक्टरले दिएको जानकारीमा ट्रम्पको पछिल्लो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको भने उल्लेख गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस !