१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दशैं तिहारमा कालोबजारी र महंगीको अनुगमन गर्न संसदीय उपसमिति गठन



काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीका सम्बन्धमा अनुगमन गर्न उपसमिति गठन गरेको छ । आइतबार बसेको समितिको बैठकले यसवर्षको छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परीयार सदस्य छन् । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !