७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

७ महिनापछि भारतमा सिनेमा हल खुल्ला



एजेन्सी । भारतका कोरोना संक्रमण काम भएका सहरमा १५ अक्टुबरबाट सिनेमा हल खोल्ने अनुमति सरकारले दिएको छ । कोरोना संक्रमणका कारण विगत सात महिनादेखि भारतमा सिनेमा हलहरू बन्द थिए । दर्शक र सिनेकर्मीहरूको निरन्तर मागपछि भारतमा १५ अक्टुरबाट फिल्म हल खोल्न लागिएको हो ।

भारतमा सिनेमा हल खुल्ने भएपछि त्यहाँका केही फिल्मले प्रदर्शनीको पूर्वतयारी सुरु गरेका छन् । यसअघि रिलिज हुने भनेर रोकिएको विवेक ओबरायको फिल्म ‘पीएम नरेन्द्र मोदी’ १५ अक्टुबरमै रिलिज गरिने भएको छ । यो फिल्म भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन संघर्षसँगै सफलताको कथा प्रस्तुत गरिएको छ ।

यस्तै, १६ अक्टोबरमा अर्को फिल्म रिलिज गर्ने तयारी भइरहेको छ । कोरोना संक्रमणका कारण अझै मुम्बईमा सिनेमा हल खोल्न स्थानीय सरकारले अनुमति दिएको छैन । तर, सामाजिक दूरी काम गरी विभिन्न सुरक्षाको नीति अपनाउँदै हल सञ्चालकहरूले मुम्बईमा पनि सिनेमाहल सञ्चालनको माग गरिरहेका छन् ।

१५ अक्टोबरबाट भारतमा फिल्म हल खुलेपछि रिलिज गर्ने फिल्मको नाम धमाधम सार्वजनिक गर्न थालिएको छ । यसैक्रममा नयाँ फिल्म खाली पिली पनि यही १६ अक्टोबरमा सिनेमा हलमा रिलिज गरिने भएको छ । खाली पिलीलाई हालै मात्र डिजिटल प्लेटफर्म (ओटीटी)मा रिलिज गरिएको हो । यो फिल्मको पनि प्रचारप्रसार सुरु गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !