Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

छोरीलाई जन्म दिएर अस्ताइन् शिक्षिका

spot_img
spot_img

अस्पतालको लापरबाहीले बिहीबार एकजना सुत्केरी आमाको निधन भएको छ । रुपन्देहीको बुटवलस्थित तिलोतमामा वस्ने सृजना पौडेलको सुत्केरी हुने क्रममा निधन भएको हो ।

घटना विवरण अनुसार उनलाई सुरुमा सुत्केरी गराउन बुटवलको ओम अस्पतालमा बुधबार साँंझ लगिएको थियो । त्यहाँं सर्जरी गरेर उनले साढे आठ बजे नानी पाएकी थिइन् । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि पाएको छोरी हेरेर हसमुख भइ बसेकी थिइन् ।

कुनै अत्यावश्यक पूर्वाधार नभई किन हस्पिटलमा बिरामी भर्ना लिने र प्रसूति सेवा दिइरहेको भन्दै आफन्तहरु सुरुमा उपचार सेवा दिएको ओम अस्पतालप्रति रुष्ट भएका छन् ।

दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिशाव च्यापिएर समस्या भयो भन्दै स्वास्थ्य अवस्था चिन्ताजनक पारेर मृत्युको मुखसम्म पुरयाएकोमा आफन्त आक्रोशित छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?