१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ओली, प्रचण्ड र देउवाले बाँडेको ९ अर्ब कमिसनको छानविनमा सहयोग गर्न तयार : भट्टराई



काठमाडौं : असोज २६, जनता समाजवादी पार्टीका बरिष्ठ नेताडा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन नेपाली काँग्रेसले चुनौती दिएपछि उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्। पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको गर्न माग गर्नुका साथै समितिलाई सहयोग समेत गर्ने बताएका छन् ।

भट्टराईले ट्वीटरमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचारको छानविनमा लागि आफू सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले लेखेका छन्, ‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु ।’

भट्टराईले केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको बताएका थिए। त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको भट्टराईको दाबी थियो । भट्टराईले लगाएको आरोपलाई लिएर सामाजिक सञ्चालमा ओली, प्रचण्ड र देउवामाथि प्रश्न उठेको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारलाई समेत प्रश्न गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय