Friday, September 27, 2024

ट्रेन्डिङ :

नेप्सेमा ४९ अङ्कको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४९ अङ्कको बढेको छ । बुधबार नेप्से ४९.१३ अङ्कले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो ।

आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्य सर्बाधिक ६.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ ।  त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको शेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता शेयर कारोबार भएको छ  ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?