Friday, September 27, 2024

ट्रेन्डिङ :

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मुहमद युनुसबीच भेटवार्ता भएको छ ।

सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र युनुसबीचको भेटवर्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको थियो ।

साथै भेटमा ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सम्बन्ध र क्षेत्रीय/बहुपक्षीय मञ्चहरूमा सहकार्यमा केन्द्रित रहेको नेपाल-बंगलादेश सम्बन्धबारे छलफल भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?