Friday, September 27, 2024

ट्रेन्डिङ :

लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित

काठमाडौँ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुदै १९० रन मात्र बनाएको थियो ।

नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौं हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?