Friday, September 27, 2024

ट्रेन्डिङ :

हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न नेतान्याहुको निर्देशन

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई हिजबुल्लाहमाथि पूर्ण शक्तिका साथ आक्रमण गर्न आग्रह गरेका छन् । यद्यपि अमेरिकालगायत इजरायल नजिकका अन्य देशहरूले युद्धविरामको लागि अनुरोध गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म लेबनानमा इजरायली हवाई आक्रमणमा पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्  ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा रहेको एउटा भवनमा भएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको पनि हिजबुल्लाहले जनाएको छ। बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका लागि युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव स्वीकार गर्न अस्वीकार गरेको थियो ।

न्युयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना सबै लक्ष्य हासिल नगरेसम्म नरोकिने बताएका थिए ।

नेतन्याहुले आफ्नो लक्ष्य गत वर्ष अक्टोबरमा हमासको आक्रमणका कारण देशको उत्तरी भागबाट विस्थापित भएका नागरिकहरूको सुरक्षित फिर्ता भएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?